संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
२७ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ ।मन्त्रिपरिषद् बैठक बोलाएर प्रधानमन्त्रीले संसद अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने गरी सिफारिस गर्ने निर्णय भएको छ । संसदमा विश्वासको मत लिनका लागि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसदको विशेष अधिवेशन बोलाउनुभएको थियो । अहिले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको पत्रसहित प्रधानमन्त्री राष्ट्रपति भवन शिलत निवासमा हुनुहुन्छ ।
प्रकाशित मिति : 19:20









