एमालेका २८ जना सांसदद्धारा पार्टी ह्विप उल्लघंन (सूचिसहित)
२७ वैशाख, काठमाडाैँ । नेकपा एमालेका २८ जना सांसदले पार्टी ह्विपवपरीत आज संसदमा उपस्थित भएनन्। जसले गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाउनुभएकाे छ। एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्विप उल्लंघन गरेका हुन् । खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित नहुन भनेको थियो।
संसदमा प्रधानमन्त्री ओलीले आफूमाथि संसदमा विश्वासको मत माग्नुभएकाे थियाे । प्रधानमन्त्रीको विश्वासको पक्षमा ९३ मत परेको छ। विश्वासको मतको विपक्षमा १२४ मत परेको छ। संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मतमाथि १५ जनाले मत जाहेर गरेनन्। संसदमा २३२ सांसद उपस्थित थिए।
यी हुन् पार्टी ह्विप उल्लघंन गर्ने सांसदः
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी ?)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने
प्रकाशित मिति : 18:15









