माधव नेपाल पक्षका ८ सांसद प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसदमा
२७ वैशाख, काठमाडाैँ । नेकपा एमालेको माधव नेपाल पक्षका ८ जना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा नेपाल पक्ष अनुपस्थित हुने निर्णय गरेको थियो ।
संसदमा उपस्थित हुनुहुनेहरूमा हिराचन्द्र केसी, गंगा चौधरी, राजबहादुर बुढा, ध्रुव शाही, समिना हुसेन, बिना बुढाथोकी मगर र पार्वती विसुंखे रहेका छन् । आठ मध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन् । सांसद कलिला खातुन भने केही समय बैठक स्थलमा गएर फर्किनुभएकाे थियाे ।
प्रकाशित मिति : 17:44









