२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

प्रचण्डलाई ओलीको प्रश्नः तयार नभएको धरहराको टुप्पोमा कसरी पुगे म ?

२७ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा उठाएको प्रश्नको जवाफ संसदमै दिनुभएको छ । उहाँले कामै नसकिएको धरहरा उद्घाटन गरिएको भनेर संसदमै आलोचना गरेपछि प्रधानमन्त्रीले त्यसको पनि जवाफ दिनुभएको छ।

उहाँले प्रचण्डलाई जावफ दिँदै प्रतिपश्न गर्नुभएको छ । उहाँले भन्नुभयो ‘तपाइले धरहरा बनेकै छैन भन्नुभयो तयार नभएको धरहराको टुप्पोमा कसरी पुगेँ त म ? म लिफ्ट चढेरै धरहरामा पुगेको हु । माननीय ज्यूहरू तपाइहरू भ्रममा नपर्नुहोला धरहरा तयार भएको जस्तो लाग्दैन भने भोलि चढ्न जानुहोला ।’

प्रकाशित मिति : 17:07