बामदेव गाैतम फेरि एमालेको विभाजनको पक्षमा, पहिले माधवविरूद्ध अहिले माधवसँगै
२७ वैशाख, काठमाडौँ । बामदेव गौतम फेरि पनि नेकपा एमाले विभाजनको पक्षमा देखिनुभएको छ । उहाँले सोमबार आफ्ना सहयोगी विश्वामणि सुवेदी मार्फत यस्तो सन्देश सार्वजिनक गर्नुभएको छ । गौतमको दुई वटा विषयमा धारणा प्रस्ट पार्नुभएको भन्दै माधव नेपाल समूहले पार्टी विभाजन गर्दा उतै लाग्ने बताउनुभएको छ ।
गौतमले माधव नेपालहरूले बनाएको समानान्तर कमिटीमा आफ्नो सहमति नरहे पनि पार्टी विभाजन गर्ने निर्णय गरे त्यसमा सहभागी हुने बताउनुभएको छ । गौतमको तर्फबाट सुवेदीले लेख्नुभएको छ ‘आज गरिएको परीक्षणबाट मेरो करोना ९कोभिड १९० को रिपोर्ट नेगेटिभ आएको छ । यही वैशाख १९ गते गरिएको स्वाब परीक्षणमा ममा कोरोना संक्रमण पुष्टि भएको थियो । यस बीचमा मेरो स्वास्थ्यलाभका लागि विभिन्न माध्यमबाट साथ सहयोग तथा शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक अभार तथा धन्यवाद व्यक्त गर्दछु ।’
गौतम तिनै व्यक्ति हुनुहुन्छ जसले २०५४ सालमा माधवकुमार नेपालको नेतृत्वको एमालेको विरूद्धमा पार्टी विभाजन गरेर नेकपा माले गठन गर्नुभएको थियो । विडम्बना २३ वर्षपछि बामदेव गौतम तिनै माधवकुमार नेपालसँग सहकार्य गरेर एमाले विभाजन गर्ने अवस्थामा पुग्नुभएको छ ।
प्रकाशित मिति : 15:15









