२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

काेराेना महामारीको समयमा समेत भ्रष्टाचार गर्नेलाई कारवाही गर्छाैँः प्रधानमन्त्री ओली

२७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश कोभिड–१९ को तिब्र संक्रमणको संकटमा रहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार गर्छ भने त्यसलाई नछाड्ने बताउनु भएकाे छ ।  सोमबार प्रतिनिधिसभा संसदमा सरकारले विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले यस्तो बताउनु भएकाे हाे । मुलुक काेराेना संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा छ ‘यस्तो महामारीको बेलामा पनि कसैले भ्रष्टाचार गरेको छ भने छानबिन गरेर कारवाही हुन्छ प्रधानमन्त्री ओलीले भन्नुभयाे । उहाले भन्नुभयाे नेपालमा  कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नभएपनि प्रयोग गर्ने पहिलो मुलुक बनेको छ ।

प्रकाशित मिति : 14:25