३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने माओवादी संसदीय दलको निर्णय

२७ वैशाख, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको बैठकले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । त्यसैगरी कोभिड १९ संक्रमणको महामारी भयावह बन्दै गरेको अवस्थामा नागरिकको जीवन रक्षाका लागि सरकार गंम्भीर नबनेको निष्कर्षका साथ तत्काल आवश्यक स्वास्थ्य सामाग्री खरिद गरि नागरिकको जीवन रक्षाको प्रत्याभुति गर्न सरकारसंग माग गरेको छ ।

बैठकले विशेष गरेर आज प्रतिनिधिसभामा प्रस्तुत हुने प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने र सरकारलाई कोभिड संक्रमणबाट सर्वधारणको जीवनरक्षाका लागि तत्काल आवश्यक स्वास्थ्य प्रबन्ध मिलाउन माग गर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङ्गले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पहिलो कुरा आज सदनमा सरकारको विश्वासको मत निर्णयार्थ प्रस्तुत हुदै छ । त्यसमा विपक्षमा मतदान गर्ने निर्णय भएको छ । दोश्रो कुरा कोरोना नियन्त्रणका लागि सरकारले लापरवाही देखाएको छ । स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको अबिलम्ब छानविन गर्नुपर्छ र दोषीमाथि कारवाही गर्नुपर्छ । स्वास्थ्य सामाग्रीहरु छिटो भन्दा छिटो आपुर्ति गर्नुपर्छ र महामारीमा सरकारले जनताको जीवन सुरक्षाको सुनिश्चिता गर्नुपर्छ भन्ने कुरा भएको छ ।”

 

प्रकाशित मिति : May 10, 2021 at 12:57 pm