आइसाेलेसनबाटै सूर्य थापाको सुझावः परचक्री सेवाकाे नियतलाई स्वीकार्नु किमार्थ उचित हुँदैन
२७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइसोलेसनबाटै प्रधानमन्त्रीलाइ सुझाव दिनुभएको छ । उहाँले ट्वीट गर्दै परचक्री सेवाको नियतलाई स्वीकार्नु किमार्थ उचित नहुने सुझाव दिनुएको छ ।
उहाँले भन्नुभएको छ ‘म त आइसाेलेसनमा छु- निकै राति माधव नेपालले आफ्ना शर्त राख्दै अन्यथा बाटाे लाग्ने नै पाे भन्नुभएछ!
प्रधानमन्त्रीले विश्वासकाे मत लिन कसैका मनाेगत शर्त र कुण्ठासँग साैदावाजी गर्न भनी मजाक गरेकाे देखियाे।राजनीति गर्नु राम्रो,तर परचक्री सेवाकाे नियतलाई स्वीकार्नु किमार्थ उचित हुँदैन।’
थापा दोस्रो पटक कोरोना संक्रमण भएपछि केहीदिनदेखि घरमै आइसाेलेसनमा रहनुभएको छ ।
प्रकाशित मिति : 10:06









