एमाले छाड्नुअघि माधव नेपाल समूहका सांसदको बैठक केहीबेरमा संसद सचिवालयमा बस्दै
२७ वैशाख, काठमाडाैँ । नेकपा (एमाले) का निलम्बित नेता माधवकुमार नेपालले नेतृत्व गरिरहेको समूहले पार्टी र सांसद पद छाड्नुअघि अहिले बैठक बोलाएको छ । सिंहदरबारमा रहेको संसद सचिवालयमा माधव नेपाल मसूहका सांसदको बैठक बस्न लागेको हो ।
आफू निकटका सांसदलाइ अहिले बिहान ९ः३० बजे संघीय संसद सचिवालयमा बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिँदै माधव नेपाल समूहले आफ्ना संसललाइ ९ः३० बजे बोलाएको हो ।
आइतबार बेलुकी सिंहदरबारमा बसेको सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओली तयार नभए एमालेमा नफर्कने उनीहरूको निर्णय छ ।
प्रकाशित मिति : 09:15









