२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्साको कामले सधैँ ओलीको सम्झना भैरहने छः अध्यक्ष थापा

२७ वैशाख, काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले लिम्पियाधुरासहितको ुचुच्चेु नक्साको कामले सधैँभरी प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झना भैरहेको बताउनुभएको छ । उहाँले समाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीलाइ मेन्सन गर्दै टिप्पणी गदै चुच्चे नक्सा र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ ‘नाटकिय परिवर्तन भएन भने आज प्रम केपी शर्मा ओलीकोले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ।आजै राजीनामा आउला।फेरि प्रम बन्न सक्नुहोला। जेहोस् अनेक विवादरअसफलताका वावजुद लिम्पियाधुरासहितको ुचुच्चेु नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ ।’

प्रकाशित मिति : 08:51