राजिनामा बोकेर बसेका माधव नेपाललाई सम्झाउन सुवास नेम्वाङ र विष्णु पाैडेल सिंहदरबारमा
२६ वैशाख, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू राजिनामा बोकेर संसद सचिवालय यताउता गरेर डुलिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको म्यान्डेट लिएर संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङ र उपमहासचिव विष्णु पौडेल सिंहदरबार पुग्नुभएको छ । अहिले उहाँहरूले माधवकुमार नेपाल लगायतका नेताहरूसँग अन्तिम पटक सम्झाउने कोशिश गर्दै हुनुहुन्छ ।
शनिबार साँझ माधव समहूको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ असहयोग गर्ने र सत्तात्यूत गर्ने भन्दै राजिनामा दिने निर्णय लिएका थियो । राजिनामा दिने भनेर सूची भएका सबै सांसदहरूले पनि राजिनामा नदिने भएका छन । कतिपयले राजिनामा नदिने अडान लिएका छन भने कतिपयले फरक मत राखेका छन ।
अहिले संघीय संसद सचिवाल परिसरमा राजिनामा पत्र बोकेका सांसद जम्मा भएका छन । उहाँहरूले परिस्थिति हेरेर राजिमाना बुझाउने बुझिएको छ ।
प्रकाशित मिति : 16:06









