लुम्बिनीमा विपक्षी दलद्धारा विशेष अधिवेशन माग
२६ वैशाख, रुपन्देही । लुम्बिनी प्रदेशका विपक्षी दलले विशेष अधिवेशनको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षर सहित आइतबार मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष अधिवेशन माग गरेका हुन् ।

प्रकाशित मिति : 15:19









