२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

एमाले विभाजन रोक्न अन्तिम प्रयासः गोकर्ण विष्ट लगायतका नेताहरू बालुवाटारमा

२४ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)को विभाजन रोक्ने अन्तिम प्रयास स्वरूप दोस्रो तहका नेताहरू छलफलमा जुट्नु भएको छ । यतिखेर नेकपा एमालेका दोस्रो तहका प्रभावशाली नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा हुनुहुन्छ । वर्तमान एमाले जोगाउनका लागि भइरहेको यो अन्तिम कसरत हो ।

वैशाख २७ मा प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु अगावै एक खालको समझारी गरेर पार्टीलाइ दुर्घटनाबाट जोगाउने अभियानमा एमालेका नेताहरू लाग्नुभएको छ । व्यक्तिगत रूपमा वरिष्ठ नेता माधवकुमार नेपाल त्यति सहमत नभए पनि उहाँ निकाट नेताहरू भने पार्टी एक ढिका हुनु विकल्प नरहेको बताइरहनुभएको छ ।

अहिले प्रधानमन्त्री निवासमा भैरहेको छलफलमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम भुषाल, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराइ र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमा छलफलमा हुनुहुन्छ । प्रधानमन्त्रीले एमालेभित्र आन्तरिक एकता मजबुद बनाउने सुत्र पहिल्याउन दोस्रो तहका नेता परिचालन गरेपछि छलफलले तीव्रता पाएको हो ।

पार्टीलाई कुनै न कुनै रुपमा जेठ २, २०७५ को अवस्थामा फर्काएर त्यसपछि नयाँ ढंगले अघि बढाउन नेताहरू सहमति नजिक पुगेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : 20:10