राष्ट्रियसभा सदस्यमा बादलको उम्मेदवारी दर्ता
२४ वैशाख, हेटौंडा । गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराउनु भएकाे छ । राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुन लागेको उप निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरमार्फत हेटौंडा पुग्नुभएकाे थापाले बागमती प्रदेशको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराउनु भएकाे हाे ।
उहाँको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहनु भएकाे छ भने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समर्थन गर्नुभएकाे छ। बादलका प्रतिस्पर्धी रहेका डा.खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गराइसक्नु भएकाे छ । राष्ट्रियसभा सदस्यको उपचुनाव आगामी जेठ ६ गते हुँदैछ ।
प्रकाशित मिति : 13:14









