३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

बादललाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने एमालेको निर्णय

२४ वैशाख, काठमाडौँ । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्नु भएकाे छ।  शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको नेता सुवास नेम्वाङले जानकारी दिनुभयाे । गृहमन्त्री  थापा उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा जानुभएकाे छ । आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेपछि एमालेले बादलाई उम्मेदवार बनाएको हो। माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डा.खिमलाल देवकोटालाई उठाउने निर्णय गरेको छ।

प्रकाशित मिति : May 7, 2021 at 12:12 pm