२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

२४ वैशाख, काठमाडाैँ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बस्न लागेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयाे । बैठकमा बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउने तयारी रहेकाे छ। आज उम्मेदवारको टुंगो लगाउनुअघि बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बसेको थियो।

बैठकमा पार्टीको तर्फबाट उठाउने उम्मेदवारलाई जित दिलाउन विभिन्न पक्षसँग छलफल गर्ने निर्णय भएको थियो। माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई नै एमालेले राष्ट्रियसभा उप निर्वाचनमा उम्मेदवार बनाउने तयारी गरे पनि टुंगो भने भएको छैन । आजको बैठकले उम्मेदवारको टुंगो लगाउनुका साथै निर्वाचन आयोगमा पनि आजै नाम पठाउने बुझिएको छ ।

प्रकाशित मिति : 11:40