केपी ओली र माधव नेपालकोबीचमा नयाँ समझदारी बन्ने सम्भावना छः नेता बस्नेत
२३ वैशाख, काठमाडौँ । नेकपा एमालेको प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बीचमा नयाँ समझदाी बन्ने सम्भावना रहेको बताउनुभएको छ । बिहीबार एक टेलिभिजन अन्तर्वार्तामा वैशाख २७ गते अघि नै एमालेका नेताहरू एक भएर अघि बढ्ने विषयमा निष्कर्षमा पुगिसक्ने बताउनुभयो ।
उहाँले माधवकुमार नेपाल समझदारीमा नआउने हो भने समाप्त हुने बाटोमो पुग्ने बताउनुभयो । उहाँले उक्त समूहमा पनि गोकर्ण विष्ट लगायतका एकता रूचाउने नेताहरूको रहेको भन्दै भीम रावलहरूको अतिवाद हार्ने बताउनुभयो ।
प्रकाशित मिति : 23:29









