२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

सरकारलाई विश्वासको मत दिलाउने बाटोमा अघि बढ्ने एमालेको निर्णय

२३ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत दिलाउने बाटोमा अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाधारमा बिहीबार बसेको एमाले स्थायी कमिटीको बैठकले पार्टी नेतृत्वको सरकारको निरन्तरताको पक्षमा विश्वास जुटाउने गरी अघि बढ्ने निर्णय गरेको हो ।

एमालेले सबै दलहरूसँग विश्वासको मतका लागि छलफल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशन मार्फत विश्वासको मत लिने निर्णय गर्नुभएको छ । बुधबार माओवादी केन्द्रले सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।

प्रकाशित मिति : 12:12