२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

कांग्रेस नेतासँग ओलीः विश्वासको मत मागेको छु दिए पनि धन्यवाद, नदिए पनि धन्यवाद

२२ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह गर्नुभएको छ । वैशाख २७ गते संसदबाट विश्वासको मत लिने अन्तिम तयारीमा रहनुभएका प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादु देउवाको निवासमा भेला भएका कांग्रेसका शीर्ष नेतासँग विश्वासको मत दिन अनुरोध गर्नुभएको हो । एमालेका शीर्ष नेतासहित प्रधानमन्त्री अोली देउवा निवासमा पुग्नुभएको थियो ।

भेटमा प्रधानमन्त्री अोलीले देउवासहितका कांग्रेस नेतासँग ‘विश्वासको मत मागेको छु दिए पनि धन्यवाद, नदिए पनि धन्यवाद ।’ भनेर भन्नुभएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने तर अन्य कुरामा सहकार्य सकिने बताउनुभएको नेताहरूले बताएका छन ।

प्रकाशित मिति : 19:23