२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

ढुक्क हुनुस्, हामी सबै केपी ओलीलाई विश्वासको मत दिन्छौँः नेता पाण्डे

२२ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेमा शंका नगर्न अनुरोध गर्नुभएको छ । बुधबार संसद भवनमा कोरोना परीक्षणका लागि स्वाब दिएर बाहिरिनेक्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले आफूहरूले प्रधानमन्त्री ओलीकै पक्षमा विश्वासको मत दिने बताउनुभयो । उहाँले एमालेको जिम्मा आफूहरूले लिन सके पनि अरूको जिम्मा लिन नसकिने बताउनुभयो ।

प्रकाशित मिति : 19:01