एमाले र कांग्रेस शीर्ष नेताबीचको छलफल सकियो
२२ वैशाख, काठमाडौँ । नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताहरूको छलफल भर्खरै सकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको छफलमा समसामयिक राजनीतिको विषमाय छलफल भएको बुझिएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली लगायत एमालेका शीर्ष नेता देउवा निवासबाट बाहिरिनुभएको छ भने कांग्रेसका नेताहरू एमालेसँगको कुराकानीको समिक्षामा हुनुहुन्छ ।
एमाले र कांग्रेसको बीचमा पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा छलफल भएको बुझिएको छ । नोपली कांग्रेसले प्रधाननमन्त्रीले विश्वासको मत मागेर संसद विशेष अधिवेशन बोलाएपछि मंगलबार एउटा बैठक बसेर त्यसको बिरूद्धमा उभिने निर्णय गरेको थियो । त्यसपछिको परिस्थितिको बारेमा छलफल गर्न एमाले र कांग्रेस एकै ठाउँमा भेला भएका हुन ।
जेठ ६ गते हुने वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले रामबहादुर थापा बादललाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । कांग्रेस, माओवादी केन्द्रलगायतले गठबन्धन गरी बागमती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेदवारसमेत तय गरिसकेका बेला एमाले र कांग्रेसको छलफल भएको हो ।
प्रकाशित मिति : 18:11









