पाँच तस्बीरमा हेर्नुहोस्, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको छलफल
२२ वैशाख, काठमाडाैँ । नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताहरूको छलफल कांग्रेस सभापति देउवाको निवास बुढानिलकण्ठमा चलिरहेको छ । एमाले र कांग्रेसको बीचमा पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा छलफल भैरहेको छ । नेापली कांग्रेसले प्रधाननमन्त्रीले विश्वासको मत मागेर संसद विशेष अधिवेशन बोलाएपछि मंगलबार एउटा बैठक बसेर त्यसको बिरूद्धमा उभिने निर्णय गरेको थियो । त्यसपछिको परिस्थितिको बारेमा छलफल गर्न एमाले र कांग्रेस एकै ठाउँमा भेला भएका हुन ।
जेठ ६ गते हुने वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले बादललाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएकाे छ । कांग्रेस, माओवादी केन्द्रलगायतले गठबन्धन गरी बागमती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेदवारसमेत तय गरिसकेका बेला प्रधानमन्त्री ओली देउवा भेट्न पुग्नुभएकाे हाे ।

प्रकाशित मिति : 17:55









