हामी त डुब्छौ नै, सत्यनास हुनु नै छ, ओलीलाई पनि लिएरै डुब्छौँः नेतृ झाँक्री
२२ वैशाख, काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले यसै पनि डुब्ने र सत्यानास हुनेभएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाइ पनिसँगै लिएर डुब्ने बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फत कडा टिप्पणी सर्वजनिक गर्दै नेतृ झाँक्रीले सत्यानस हुन र डुब्नबाट जोगिने भए किनारा खोज्न आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड । हिन्दीमा एउटा कहावत छस् हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढोँ ।’
प्रकाशित मिति : 15:54









