२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

राष्ट्रियसभाको उपनिर्वाचनको लागि विपक्षी गठबन्धनले खिमलाल देवकोटालाई उठाउने

२२ वैशाख, काठमाडाैँ । विपक्षी गठबन्धनले राष्ट्रियसभाको उपनिर्वाचनको लागि नेकपा एमाले माधव नेपाल समूहका डा. खिमलाल देवकोटालाई उठाउने भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रको सहमतिअनुसार नेता माधव नेपालनिकट देवकोटालाई उम्मेदवार बनाउने सहमति भएको हो।

लुम्बिनी प्रदेशमा रिक्त रहेको स्थानमा कांग्रेसलाई दिने सहमतिको आधारमा बागमती प्रदेशबाट राष्ट्रियसभामा देवकोटालाई उम्मेदवारी बनाउने सहमति भएको हाे । नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उमेदवार बनाउने तयारी गरेको छ। माओवादी छाडेर बादल एमाले प्रवेश गरेपछि बागमती प्रदेशबाट रिक्त स्थानमा निर्वाचन हुन लागेको हो। आउँदो जेठ ६ गते उप-निर्वाचनको मिति तय भएको छ।

प्रकाशित मिति : 15:20