२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

माओवादी केन्द्रले फिर्ता लियाे सरकारलाई दिएकाे समर्थन (पत्रसहित)

२२ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रले  सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाउनु भएकाे हाे । प्रधानमन्त्रीले वैशाख २७ मा विश्वासको मत लिने निर्णय गरेपछि माओवादी संकटमा परेपछि उसले समर्थन फिर्ता लिने निर्णय गरेको हो । सरकारमै रहेर असहोगको अभियान चलाएको माओवादी भारतका लागि कम्फर्टेबल सरकार बनाउने उद्घोषसहित लागेको थिए यद्ययी उसले नयाँ सरकार बनाउने सम्भवना कमजोर देखिएको छ ।

 

प्रकाशित मिति : 12:22