माओवादी केन्द्रले फिर्ता लियाे सरकारलाई दिएकाे समर्थन (पत्रसहित)
२२ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाउनु भएकाे हाे । प्रधानमन्त्रीले वैशाख २७ मा विश्वासको मत लिने निर्णय गरेपछि माओवादी संकटमा परेपछि उसले समर्थन फिर्ता लिने निर्णय गरेको हो । सरकारमै रहेर असहोगको अभियान चलाएको माओवादी भारतका लागि कम्फर्टेबल सरकार बनाउने उद्घोषसहित लागेको थिए यद्ययी उसले नयाँ सरकार बनाउने सम्भवना कमजोर देखिएको छ ।


प्रकाशित मिति : 12:22









