२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

पञ्चायतकालदेखि नै घरबेटी ठेकेदार शारदा अधिकारीले सहयोग गर्थेः अध्यक्ष प्रचण्ड

१६ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाउहाल प्रचण्डले बद्नाम ठेकेदार एवं उहाँको घरबेटी शारदा अधिकारीले पञ्चायतकालदेखि नै सहयोग गर्दै आएको बताउनुभएको छ । हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रमा प्रस्तोता राजेन्द्र बानियाँसँग कुरा गर्दै प्रचण्डले अधिकारी आफ्नो पुरानै दाता रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘शारदा कमरेड हाम्रो पार्टीको सदस्य र सहयोगी पनि हो । उहाँले कामका सन्दर्भमा कमजोरी गरेको भए जनताका गुनासो सम्बोधन गर्नुपर्छ ।’

प्रकाशित मिति : 22:26