गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने युवा तथा खेलकुद मन्त्री
१६ वैशाख, काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे छ । स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बनेका छन् । मनाङेलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए । अहिले केहीबेमा प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सपथग्रहण गर्ने कार्यक्रम रहेको न्यौपानेले बताए ।

प्रकाशित मिति : 16:33









