१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नुवाकोट क्याम्पसको अध्यक्षमा रामशरण प्याकुरेल

१६ वैशाख, नुवाकोट । नेकपा एमाले नुवाकोटका संस्थापक सदस्य एवं बागमती प्रदेश कमिटीका सदस्य रामशरण प्याकुरेल नुवाकोट आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था जस्तो बनेको क्याम्स तीन महिनामा सुधार गरेर नयाँ अध्यक्ष निर्वाचित गराउने गराउने जिम्मा प्याकुरेलले पाउनुभएको छ ।

अन्तरिमकालका लागि क्याम्पसको अध्यक्ष बन्न विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र पूर्व मेयर ठाकुर गजुरेलले समेत प्रयास गर्नुभएको थियो यद्यपी त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्याकुरेललाइ क्याम्पसको जिम्मेवारी दिनुभएको छ । पण्डितका लागि एमालेभित्र माधव नेपाल गुटका नारायण खतिवडा लगायतले लबिङ गर्नुभएको थियो भने गजुरेलका लागि एमाले संस्थापन समूहका केशवराव पाण्डे लगायतले लबिङ गर्नुभएको थियो ।

क्याम्पसको अध्यक्षका लागि युवाहरूको समूहले नुवाकोट सरोकार समाजका महासचिव समेत रहनुभएका एमालेका युवा नेता अनुजकुमार श्रेष्ठका लागि लाबिङ गरेका थिए । त्यस्तै नेपाली कांग्रेसका तर्फबाट सहमहामन्त्री डा प्रकाशशरण महतले निवतर्मान अध्यक्ष श्रीराम श्रेष्ठलाइ जिम्मेवारी दिन लबिङ गर्नुभएको थियो । नुवाकोट सरोकार समाजका अध्यक्ष समेत रहनुभएका प्याकुरेलका लागि क्याम्स सुधार गर्न अवसर र चुनौति दुबै रहेछ । चैत अन्तिम साता नै प्याकुरेलले जिम्मेवारी पाउनुभएको भए पनि बिहीबार नुवाकोटको त्रिशुली प्रवाह साप्तहिक मार्फत प्याकुरेलको जिम्मेवारी पत्र सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार १३:५४