प्रधानमन्त्री ओली आइशोलेसनमा भन्ने प्रचार झुटो
१६ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइशोलेसनमा भनी गरिएको प्रचारको उहाँको सचिवालयले खण्डन गरेको छ । केही सञ्चार माध्यमले पछिल्लो २० घण्टादेखि र समाजिक सञ्जालमा समेत प्रधानमन्त्री आइशोलेसनमा भन्दै प्रचार बढेपछि सचिवालयले खण्डन गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभएको छ ‘कतिपय सञ्चारमाध्यमले नियाेजित रूपमा प्रधानमन्त्री आइसाेलेसनमा भनी तथ्यहीन सम्प्रेषण गरेर भ्रम फैलाउनु खेदजनक छ। भेरिफाई नै नगरी यस्ताे दुष्प्रचारमा संलग्न नहुन सम्बन्धित सबैकाे ध्यानाकर्षण गर्न चाहन्छु। मिडियाकाे आवरणमा यसरी गलत कार्य गर्नु सर्वथा गलत हाे।’
प्रकाशित मिति : 12:30









