३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

जनमोर्चाप्रति पूर्वमन्त्री बास्कोटाको व्यंग्यः क्रान्तिकारी शुद्धताको नौटङ्की पनि देखियो

१५ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का युवा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले गण्डकी प्रदेशसभामा जनमोर्चाले देखाएको विवादित भूमिकाप्रति व्यंग्य गर्नुभएको छ। समाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गर्दै पूर्वमन्त्री बाँस्कोटाले क्रान्तिकारी शुद्धताको नौटङ्की छर्लर्ङगै देखिएको बताउनुभएको छ।

उहाँले भन्नुभएको छ ‘संसदीय खेलमा सामेल हुने तर सत्ता राजनीति बाट टाढै रहने मसाल अनि खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोका रुपमा संसदीय ब्यवस्थाको हुर्मत लिदै आएको माओवादीको क्रान्तिकारी शुद्धताको नौटङ्की पनि देखियो । संघीयताको मसिहा र धुरन्धर विरोधीबाट गतिलै ठिम्मन जन्मेला भनेको तुहिएछ क्यारे!’

प्रकाशित मिति : April 28, 2021 at 9:49 pm