प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता
१५ वैशाख, काठमाडाैँ । सरकारले विभिन्न मुद्दाहरू फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटवार्तामा उहाँहरूबीच सकारात्मक कुरा भएको बुझिएको छ । जसपा र एमालेबीच सत्ता साझेदारीको बारेमा छलफल चलिरहेको छ ।
प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्तामा नेता राजेन्द्र महतो पनि सहभागी रहनुभएको थियो । सरकारले जसपाका १ सय २० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । अब जसपा र एमालेका बीचमा सत्ता साझेदारीका बारेमा निर्णायक वार्ता हुने र सहमति हुने बताइएको छ ।
प्रकाशित मिति : 17:39









