२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

बागमती प्रदेशको सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा रामकुमार अधिकारी

१५ वैशाख, हेटाैँडा । बागमती प्रदेशको सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा रामकुमार अधिकारी नियुक्त हुनुभएको छ । मुख्यमन्त्री डोरमणि पाैडेलले डा अधिकारीलाइ सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँले बुधबार नै मुख्यमन्त्री पाैडेलबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

त्यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी नुवाकोटका केशवराज पाण्डेले सम्हाल्नु भएको छ । नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले राजिनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी पाण्डेले बुधबारबाट सम्हाल्नु भएको छ ।

बुधबार नै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेतले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

प्रकाशित मिति : 17:05