बागमती प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे
१५ वैशाख, काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी नुवाकोटका केशवराज पाण्डेले सम्हाल्नु भएको छ । नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले राजिनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी पाण्डेले बुधबारबाट सम्हाल्नु भएको छ । उहाँलाइ बुधबार नै मुख्यमन्त्री डोरमणि पौडेलले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

उहाँले विष्णुप्रसाद प्रसाइसँग बुधबार नै पद तथा गोपनियताको सपथ गरी जिम्मेवारी सम्हाल्नु भएको छ । पाण्डे विद्यार्थी राजनीतिबाट मुल राजनीतिमा स्थापित नेता हुनुहुन्छ । युवाका बीचमा लोकप्रिय रहनुभएका उहाँ एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली विदेश विभाग प्रमुख रहँदा सचिव रहनुभएको थियो । पाण्डेले गत निर्वाचनमा नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीलाई भारी मतान्तरले पराजित गर्नुभएको थियो ।
बुधबार नै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डा। रामकुमार अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । माओवादी र एमालेको माधव नेपाल पक्षका मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री पौडेलले नयाँ मन्त्री नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति : 16:58









