२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारः आज तीन मन्त्री र एक राज्यमन्त्रीले मात्र सपथ खाने

१५ वैशाख, हेटौँडा । मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । पुराना सबै मन्त्री परिवर्तन गरेर नयाँ मन्त्री नियुक्त गर्ने तयारी भए पनि पार्टी भित्रको आन्तरिक विवाद समेत समाधान गर्ने सहज हुनेगरी बुधबार तीन मन्त्री र एक राज्यमन्त्रीले मात्र सपथ खाने भएका छन ।

मुख्यमन्त्री पौडेलले नुवाकोटका केशवराज पाण्डे, सिन्धुपाल्चोकका सरेश नेपाल र दोलखाको सरस्वती बस्नेतलाइ मन्त्रीमा नियुक्त गर्नुभएको छ भने धादिङको डा रामकुमार अधिकारीलाइ राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी सपथको समयमा मात्रै थहा हुनेछ ।

यद्यपी केशवराज पाण्डेले आन्तरिक मामिला तथा कानुन, सरेश नेपालले उद्योग, वन तथा पर्यटन र सरस्वती बस्नेतले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ । त्यसै राज्यमन्त्रीमा नियुक्त अधिकारीले समाजिक विकास मन्त्रालयकै जिम्मेवारी पाउने बताइएको छ । यसअघि माओवादी दुइ र माधव नेपाल गुटका एक गरी तीन मन्त्रीले राजिनामा दिएका थिए ।

यो पनि पढ्नुहोस्

-बगमती प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, ४ मन्त्री र ४ राज्यमन्त्रीले शपथ लिँदै

प्रकाशित मिति : 13:01