१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

बंगलादेशमा रुसको कोरोना खोप प्रयोगको अनुमति

१५ वैशाख, ढाका । बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले बुधबार भन्नुभएको छ बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । रहमानले भन्नुभयो– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ । आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्काे डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ ।

 

प्रकाशित मिति : April 28, 2021 at 12:44 pm