माधव नेपालप्रति बास्कोटाकाे कटाक्षः वर्तमान परिप्रेक्ष्यमा तन एमालेतिर, मन प्रचण्डतिर
१४ वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले माधव नेपालले सिद्धान्तको राजनीति छाडेर अड्डा अदालत धाएको भन्दै कटाक्ष गर्नुभएको छ । मंगलवार सामाजिक सञ्जालमार्फत बास्कोटाले कानूनको भन्दा राजनीतिमा रामवहादुर थापा बादलहरुको बाटो सही रहेको टिप्पणी गर्नुभएको छ । आधा शताब्दीदेखि सिद्धान्तको राजनीति गर्दै आएको भन्नेले अदालत धाएको उनले माधवको राजनीति कुन्ती मोक्तानको गीत ‘धरान धनकुटा’ जस्तो भएको पनि लेख्नु भएकाे छ। माधव नेपालसहितका नेताहरु एमालेबाट आफूहरुमाथि हुने सम्भावित कारवाही रोक्न माग गर्दै पछिल्लो पटक सर्वोच्च अदालत गएका थिए ।
अदालतले उनीहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । बास्कोटाले भन्नुभएको छ , ‘कमरेड नेपाल आधा शताब्दीदेखि सिद्धान्तको राजनीति गर्दै आएको हुँ भन्छन् तर आजभोलि अदालत धाएको हेर्दा कानूनका नौ सिङ्गवाला पो लाग्यो । कुन्ती माेक्तान कै धरान धनकुटा भाे उनकाे राजनीति । कानुनको भन्दा राजनीतिमा रामवहादुरकै बाटो सही । कठिन छ, तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा ।’

प्रकाशित मिति : April 27, 2021 at 12:42 pm









