२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

माधव नेपालको माग बमोजिम अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अश्वीकार (आदेशसहित)

१३ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिइरहन नपर्ने ठहर गरेको हो ।

निर्वाचन आयोग, एमाले अध्यक्ष ओली लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । एमाले महाधिवेशन आयोजक कमिटीको बैठकबाट वैशाख ६ गते नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधिएपछि अदालतमा रिट दायर गरिएको थियो ।

प्रकाशित मिति : 17:20