गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश
१३ वैशाख, काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् । प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश गर्दै कांग्रेसका पोखरेलले गुरुङले प्रदेशको विकास गर्न नसकेको आरोप लगाए । गुरुङ मुख्यमन्त्री रहिरहँदा प्रदेशको चुनाती बढिरहने र अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश पछाडि पर्ने दाबी गरे । मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
प्रकाशित मिति : 15:18









