२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

फ्लोर क्रस गर्ने कर्णालीका चार सांसद पदमुक्त हुँदै, निष्कासनको पत्र प्रदेशसभामा दर्ता

१२ वैशाख,काठमाडाैँ । फ्लोर क्रस गर्ने कर्णालीका चार प्रदेश सभा सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता गरिएको छ । फ्लोर क्रस गरेका एमालेका सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्ने सम्बन्धी पत्र प्रदेशसभामा आइतबार दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनिहरूले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी सरकार बचाउन समर्थनमा मतदान गरेका थिए । नेकपा एमालेको केन्द्रीय कमिटीले चारै जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही समेत गरेको छ ।

कारबाही अघि एमालेले चारै जनालाई फ्लोर क्रस गरेर माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीमा विश्वासको मत दिनुको कारण के थियो भन्ने प्रश्नसहित स्पष्टीकरण सोधेको थियो । बुढाथोकीका अनुसार सांसदहरु भोलिबाट पदमुक्त हुनेछन् । सोमबार बस्ने प्रदेशसभा बैठलाई जानकारी दिएपछि सांसदहरु कानूनी रुपमै पदमुक्त हनेछन् ।

प्रकाशित मिति : 16:41