नेकपा एमालेले नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने
१२ वैशाख, काठमाडाैँ । नेकपा एमालेले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका माधव नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटी बसेले नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगरी उपयुक्त समयमा कारबाही गर्ने निर्णय भएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । पाटीभित्र गदारी गरिरहेकका नेपाल सुमूहका सांसदलाई उनीहरुले आगामी दिनमा गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने ज्ञवालीले बताए । यसका लागि पार्टीको स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको छ र उनीहरुको गतिविधिको आधारमा निर्णय लिइने ज्ञवालीले बताए ।
प्रवक्ता ज्ञवालीले आजको आकस्मिक बैठक कोभिडविरुद्ध सिंगो पार्टी पंक्तिलाई परिचलान गर्नका लागि बोलाइएको बताए । ‘प्रत्येक केन्द्रीय समिति सदस्यले जिल्ला जिल्लामा हेल्प डेस्क राख्ने, क्वारेन्टीन बनाउन स्थानीय तहमा समन्वय गर्ने, स्थानीय तह र जिल्लामा जनचेतनाको म्यासिभ अभियान सञ्चालन गर्नेगरी सिंगो पार्टी एकढिक्का भएर लैजान प्रधानमन्त्री एवं अध्यक्षले निर्देशन दिनुभएको छ,’ ज्ञवालीले भने ।
प्रकाशित मिति : 13:57









