२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

एमाले महाधिवेशन आयोजक कमीटी बैठक जारी

१२ वैशाख, काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। शीर्ष नेताहरुबीच छलफललगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो । पार्टीको स्थायी कमिटी बैठक सकिएसँगै महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो । साथै नेताहरुको कार्यविभाजनलगायत निर्णय गरेको थियो । नेता माधवकुमार नेपालसहित २७ सांसदको स्पष्टीकरणका विषयमा निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको थियो । आजको बैठकले नेपाल समूहलाई कारबाही गर्ने नेताहरुले बताएका छन् ।

 

प्रकाशित मिति : 12:28