महाधिवेशन आयोजक कमिटी बैठकअघि एमाले स्थायी कमिटी बैठक जारी
१२ वैशाख, काठमाडौँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको छ । एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकअघि शीर्ष नेताको बैठक बसेको हो । आज बिहान १० बजेका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छैन । छलफलमा ओलीसँगै नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेललगायत सहभागी छन् । आजको बैठकले नेता माधकुमार नेपाल पक्षलाई कारबाही गर्ने तयारी रहेकाे छ ।
प्रकाशित मिति : 11:55







