१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

काेराेना कहरः सेवाप्रवाहमा सावधानी अपनाउन धितोपत्र बोर्डको आग्रह

११ वैशाख, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले कोरोना सङ्क्रमणको खतरालाई मध्यनजर गरेर सेवाप्रवाहमा विशेष सावधानी अपनाउन सम्वद्ध सरोकारवालालाई आग्रह गरेको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ महामारीको सङ्क्रमण नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रणका लागि विशेष सावधानी अपनाउन आग्रह गरिएको बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले जानकारी दिनुभयो ।

सेवा प्रवाहलाई निरन्तर अगाडि बढाउन कर्मचारीलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्न र सेवाग्राहीको भीडभाड कम गर्ने अभिप्रायले सकेसम्म सेवा प्रवाहलाई विद्युतीय माध्यमको प्रयोग गर्ने तथा गराउने व्यवस्था मिलाउन भनिएको छ । बोर्डबाट अनुमपति प्राप्त धितोपत्र बजार, क्रेडिट रेटिङ संस्था तथा सम्पूर्ण व्यवसायीले कार्यालय हाताभित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राहीबीच दुई मिटरको भौतिक दूरी कायम हुने गरी सेवा प्रवाह गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।

कोरोनाको सङ्क्रमण फैलन नदिन विशेष आग्रह गर्दै बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीलाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : April 24, 2021 at 8:03 pm