२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

स्पष्टीकरण सोधिएका सांसदलाई कारवाही गर्ने जिम्मा स्थायी कमिटीलाई दिने एमालेको निर्णय

१० वैशाख, काठमाडौँ ।नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका २७ जना सांसदहरुलाई कस्तो कारवाही गर्ने भन्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको  बैठकले स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको हो ।

एमालेले माधव नेपाल, झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोधेको थियो । तीमध्ये कर्णालीमा फ्लोरक्रस गर्ने ४ जनालाई पार्टी र संसद सदस्यबाट निष्कासन गर्ने निर्णय भएको छ ।

 

 

प्रकाशित मिति : 15:48