२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

बालुवाटारमा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक जारी

१० वैशाख, काठमाडौँ । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हाे ।  बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेको सांगठानिक प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ । त्यस्तै वैशाख ६ गतेको बैठकले कर्णाली प्रदेशका फ्लोर क्रस गर्ने ५ सांसदसहित माधव नेपाल पक्षका २७ जनामाथि कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सोधिएको स्पष्टिकरणको जवाफ बिहीबार सबैले दिएका छन् । आजको बैठकमा यसबारेमा पनि थप छलफल हुँदैछ । बैठकमा विष्णु पौडेल संयोजक रहेको शंकर पोखरेल र टोपवहादुर रायमाझी सम्मिलित कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्ताव समेत पेस गर्ने बताइएको छ । यो बैठकले स्थायी कमिटी सदस्यहरू चयन गर्ने समेत नेताहरुले बताउदै आएका छन् ।

 

 

 

प्रकाशित मिति : 12:39