२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

माधव नेपाललाई रिजालको अनुरोधः ‘भीरको डिलमा पुगेपनि लडिसकेका छैनौँ, समय छ फर्कौं’

१० वैशाख, काठमाडाैँ । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले अझै समय बाँकी भएकाले पार्टीको मुलधारमा फर्किन माधवकुमार नेपाल समूहका नेताहरूसँग अनुरोध गर्नुभएको छ । उहाँले समाजिक सञ्जालमा एक पुस्तक सेयर गर्दै त्यसैमाथि लेनिनको सन्दर्भ उल्लेख गर्दै भीरको डिलमा पुगेपनि लडिनसकेका कारण अझै फर्किने समय बाँकी रहेको बताउनुभएको छ ।

रिजालले लेख्नुभएको छ, ‘संसारका कुनै पनि कम्युनिस्ट पार्टी अन्तर्विरोधमुक्त छैनन् । रुस र चीन जस्ता विशाल मुलुकलाई मुक्त गर्ने कम्युनिस्ट पार्टीहरू पनि अन्तर्विरोधहरूबाटै गुज्रेर र तिनलाई समाधान गरेर आएका थिए । सन् १९०० को आरम्भतिर पार्टीमा उत्पन्न अन्तर्विरोध समाधानमा केन्द्रित रहेर लेनिनले अघि सारेको ‘एक कदम अगाडि: दुई कदम पछाडि’ (one step forward: two step back) को प्रस्थापना आजको नेकपा (एमाले) आन्तरिक जीवनमा उत्तिकै अपरिहार्य र सान्दर्भिक बनेको छ । समाज, विज्ञान वा भौतिक वस्तुहरुमा प्रकट हुने अन्तर्विरोधहरू संघर्षको माध्यमबाट समाधान हुने भए पनि पार्टीभित्रका अन्तर्विरोधमा ‘निषेधको निषेध’ (negation of negation) को नियम लागू हुँदैन र यसको समाधान आलोचना-आत्मालोचनाको पद्धतिबाट हुन्छ भन्ने बाटो मार्क्सवाद-लेनिनवादले स्पष्ट पारेको छ । अत: भीरको डिलमा पुगिसके पनि लडिसकेका छैनौं । समय छ- फर्कौं !’

प्रकाशित मिति : 09:40