रामेछापमा सबैजसाे मुलधारको एमालेमा, माधव समूहमा वडा अध्यक्षसहित तीन जनप्रतिनिधि
१० वैशाख, मन्थली । नेकप (एमाले) विभाजनको तयारीमा रहेको माधवकुमार नेपाल समूहले स्थानीय तहसम्म समानान्तर कमिटी निर्माण गरिरहेको छ । उक्त समूहले बिहीबार रामेछापमा पनि समानान्तर भेला गरेको थियो । उक्त भेलामा एमालेका १२ नेता बाहेक सबै नेता कार्यकर्ता गएन् । सहभागी देखाउन काठमाडाैँबाट गाडीमा अरू २० जना कार्यर्ता ल्याइएको थियो ।
एमाले रामेछाप जिल्ला कमटीको निर्देशन बिपरित भेला नगर्न र उपस्थित नहुन निर्देशन दिएको थियो । पार्टीका सबैजसो नेता कार्यकर्ताले उक्त निर्देशनको पालना गरेका छन । केन्द्रमा शीर्ष नेताहरू विवाद मिलाउने कोशिशमा लागिरहेको समयमा जिल्लामा भने समानान्तर गतिबिधि जारी राखेका छन ।
७१ सदस्यीय एमाले रामेछाप जिल्ला कमिटीमा अहिले ६९ जना रहेका छन । जिल्ला कमिटीका सदस्यहरुको गणितीय हिसाबले र आज उपस्थित नेताकार्यकर्ताको संख्या हेर्दा रामेछापमा माधव नेपाल समूह टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुगेको मुलधारको एमालेका नेताहरूले बताएका छन । बिहीबारको भेलामा देखिएको उपस्थितिले पनि त्यस तर्कलाइ पुष्टि गरेको देखिन्छ ।
माधव समूहको भेलामा रामेछापमा तीन जना निर्वाचित जनप्रतिनिधिमात्र देखिएका छन । जसमा बागमती प्रदेशसभाका सदस्य शान्ति प्रसाद पौडेल, जिल्ला समन्वय समितिका उपप्रमुख दीपा पाख्रिन र एक जना वडा अध्यक्ष बलराम खड्का रहेका छन ।
प्रकाशित मिति : 08:55









