पाँच तस्बीरमा हेर्नुहोस्, प्रधानमन्त्री ओली र बामदेव गौतमबीचको डिनर मिटिङ
९ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली एवं नेकपा (एमाले)का अध्यक्ष र एमालेका उपाध्यक्ष वामदेव गौतमबीच बिहीबार साँझ बालुवाटारमा डिनर मिटिङ भएको छ । केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा गौतम प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नु भएको हो । उहाँहरूले बालुवाटारमा सँगै खाना खानु भएको छ ।
दुइ नेताको बीचमा डिनर मिटिङ भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समाजिक सञ्जालमा तस्बीर समेत सार्वजनिक गरेर जानकारी दिनुभएको छ । तस्बीरमा सचेतक भट्टराई, कानुनमन्त्री लिलानाथ श्रेष्ठ पनि हुनुहुन्छ । यद्यपी उहाँहरू सिंगल संगल भेटवार्ता गर्नुभएको बुझिएको छ ।
उहाँले आफ्नो फेसकुबमा यस्तो उल्लेख गर्नुभएको छ
कमरेड बामदेब गौतमलाइ मैले सपाट सोधें ”तपाइहरु बीचको सम्बाद सकारात्मक -नकारात्मक जे जस्तो भए पनि तश्वीर सार्वजनिक गर्छु है कमरेड ? ”

प्रकाशित मिति : 22:28









