२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

कांग्रेसको केन्द्रीय निर्वाचन समितिकाे संयोजकमा महादेव यादव

८ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेव यादवलाई दिइएको छ । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकले कानुन व्यवसायी यादवलाई समिति संयोजककाे जिम्मेवारी दिने निर्णय गरेको हो । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा पूर्वमहान्यायाधिवक्ता यादवलाई नियुक्त गर्ने निर्णय  भएकाे हाे ।

 

 

 

प्रकाशित मिति : 13:26